📢 अत्यावश्यक सूचना
विषय: कक्षा ११ काे रजिष्ट्रेशन फाराम भर्ने बारे
यस विद्यालय नमुना मच्छिन्द्र माध्यमिक विद्यालय, लगनखेल, ललितपुर मा शैक्षिक सत्र २०८२ मा कक्षा ११ मा अध्ययनरत सबै विद्यार्थीहरूकाे ध्यानाकर्षणकाे लागि यो सूचना प्रकाशित गरिएको छ।
माध्यमिक शिक्षा परीक्षा (SEE) मा न्यूनतम GPA १.६ वा सो भन्दा माथि प्राप्त गरेका विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डमा पेश गर्नुपर्ने रजिष्ट्रेशन फाराम तुरुन्तै भर्नु पर्नेछ।
रजिष्ट्रेशन फाराम भर्ने अन्तिम मिति २०८२ साल कार्तिक १४ गतेसम्म मात्र रहने भएकाले, यस मितिभन्दा अघि विद्यालयको लेखाशाखामा रु. ४००/- (विलम्ब शुल्क बिना) र सो मितिपछि रु. 8००/- (विलम्ब शुल्कसहित) बुझाई रजिष्ट्रेशन फाराम पेश गर्नुपर्नेछ।
निर्धारित समयसीमाभित्र रजिष्ट्रेशन फाराम बुझाउन असफल विद्यार्थी तथा अभिभावकले त्यसबाट हुने जिम्मेवारी आफ्नै हुनेछ भन्ने जानकारी गराइन्छ।
🗂️ विद्यार्थीहरूले बुझाउनुपर्ने कागजातहरू:
१. विद्यालयबाट प्राप्त रजिष्ट्रेशन फाराम
२. माध्यमिक शिक्षा परीक्षा (SEE) को ग्रेडसिटको प्रतिलिपि
३. विद्यालयको लेखाशाखाबाट प्राप्त शुल्क बुझाएको रसिद
-
सामान्य शुल्क: रु. ४००/-
-
विलम्ब शुल्कसहित: रु. 8००/-
📅 रजिष्ट्रेशन फाराम बुझाउने अन्तिम मिति:
👉 २०८२ साल कार्तिक १४ गतेभित्र
विद्यार्थी तथा अभिभावक सबैलाई समयमै फाराम बुझाउन अनुरोध गरिन्छ।
नमुना मच्छिन्द्र माध्यमिक विद्यालय
लगनखेल, ललितपुर, नेपाल
विद्यालय प्रशासन